काठमाडौं । आइतबार(आज) सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको छ ।
गत शुक्रबार प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज आइतबार प्रतितोला ९२ हजार १०० रुपैयाँमा कोरोबार हुने नेपाल सुनचाँदी व्यावसायी महासङ्घले जनाएको छ ।
महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ६०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि बढेको ।
गत शुक्रबार १ हजार २५० रुपैयाँमा कारोबार भएको चाँदी आज आइतबार १० रुपैयाँले बढेर प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।