‘हेर्ने कथा’ले आफ्नो च्यानलबाट हटायो मदन राईको स्कुलको भिडिओ

न्युजलय २९ बैशाख २०८०, शुक्रबार ०३:०१ मा प्रकाशित

काठमाडौं । लोकप्रिय युट्युब च्यानल हेर्ने कथा ले सुभद्रा मदन फाउन्डेसनले सञ्चालन गरेको विद्यालयको कथा हटाएको छ । फाउन्डेसनका सञ्चालक मदन राईले किशोरी विद्यार्थीमाथि गरेका यौन दुराचारको घटना बाहिरिएपछि उक्त भिडिओ हटाएको हो ।


सन् २०२० फेब्रुअरी २२ मा युट्युबमा अपलोड गरिएको कर्म शीर्षकको भिडिओमा उक्त विद्यालयको दैनिकी समेटिएको थियो । त्यो बेलामा विद्यालयका सञ्चालक मदन राईसँग आफूहरुको भेट नभएको र उक्त स्कुलमा किताबी ज्ञानसँगै श्रम र सीप सिकाउने तरिकाबारे देखाएपछि धेरै अविभावकहरुले आफ्ना बालबालिकालाई त्यहाँ पढाउन थालेको उल्लेख गर्दै जारी विज्ञप्तीमा भनिएको छ, ‘यी तमाम तथ्यहरू बाहिरिसक्दा पनि हामीलाई उक्त स्कुलको कथा युट्युबमा राखिरहन ठीक लागेन । भित्रभित्रै अँध्यारो कथा भोगिरहेका त्यहाँका नानीबाबुहरूको आवरणको कथाले दर्शक, अभिभावक र आममानिसमा भ्रम सिर्जना नहोस् भनेर हामीले उक्त भिडियो युट्युबबाट हटाउने निर्णय गरेका छौं ।

किशोरीहरुका अगाडी एसेम्बलीमै नाङ्गै हुन्छन् राई, संवेदनशील अंग छुन लगाउँछन्