बढ्यो सुनको मूल्य

न्युजलय २९ चैत २०७९, बुधबार ०५:१२ मा प्रकाशित

काठमाण्डौ । बुधबार(आज) सुनचाँदीको मूल्य बढेको छ।

मंगलबार प्रतितोला पाँच सय रुपैयाँ बढेको सुनको मूल्य आज पनि प्रतितोला एक हजार रूपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार दुई सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। 

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला एक हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।मंगलबार चाँदी प्रतितोला १४ सय ३५ रुपैयाँमा किनबेच भएको थियो।