सुनचाँदीको मूल्य घट्यो

न्युजलय १३ बैशाख २०८१, बिहिबार ११:५३ मा प्रकाशित

काठमाडौं । बिहिबार(आज)सुनको मूल्यमा गिरावट आएको छ। आज सुन २ सय रुपैयाँले  घटेर प्रतितोला १ लाख ३५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

बुधबार प्रतितोला सुन १ लाख ३६ हजार रुपैयाँमा कारोबार भएको थियो। आज तेजावी सुन प्रतितोला १ लाख ३५ हजार १५० रुपैयाँ कायम भएको छ।

यसैगरी सुनको मूल्य  घटेसँगै चाँदी पनि घटेको छ। चाँदी प्रतितोला १ हजार ६५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।