सुनको मूल्य झण्डै १ लाख ४१ हजार

न्युजलय ६ जेठ २०८१, आइतबार १२:०५ मा प्रकाशित

काठमाडौं ।  सुनको मूल्य आज तोलामा १ हजार ६ सयले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन शुक्रबार तोलामा १ लाख ३९ हजार तीन सयमा कारोबार भएकामा आजका लागि भने एक लाख ४० हजार नौ सय निर्धारण गरिएको छ।

यस्तै तेजाबी सुन शुक्रबार प्रतितोला एक लाख ३८ हजार छ सय ५० मा कारोबार भएकामा आजका लागि भने एक लाख ४० हजार दुई सय निर्धारण भएको छ।