बढ्यो सुनको भाउ

न्युजलय ७ चैत २०७८, सोमबार १२:२० मा प्रकाशित

काठमाडौं । सोमबार(आज) सुनको मूल्य सामान्य बढेको छ।

आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर  ९९ हजार ५ सय कायम गरिएको नेपाल सुन चाँदी  व्यवसायी महासंघले जनाको छ।

आज तेजावी सुन तोलाको ९९ हजार कायम गरिएको छ। सुनको मूल्य बढे पनि चाँदीको मूल्य स्थिर छ। 

आज चाँदी १३ सय ७५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।