४ वर्षीया बालिकालाई जबरजस्ती करणीको प्रयास गर्ने किशोर पक्राउ

न्युजलय ११ पुस २०७८, आइतबार ०८:४५ मा प्रकाशित

काठमाडौं । रुकुम (पूर्व) मा जबरजस्ती करणीको आरोपमा एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको सिस्ने गाउँपालिकाकी ४ वर्षीया बालिकालाई जबरजस्ती करणीको प्रयास गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 

पुसको ९ गते घरमै बसिरहेकी बालिकामाथि जबरजस्ती करणीको प्रयास गरेको भन्दै परिवारले ११ गते प्रहरीमा जाहेरी दिएपछि ती किशोरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी मानबहादुर विसीले बताए ।


सूचना अधिकारी विसीका अनुसार ती चार वर्षीया बालिका आफ्नो (६/७ वर्षका) दाइसँग घरमै बसिरहेकी थिइन् । त्यहि बेला ती किशोर घरमा आएको र दाइलाई एकछिन बाहिर जाउ भनेर पठाइ उनले करणीको प्रयास गरेका थिए । परिवारले प्रहरीमा जाहेरी दिएपछि जबरजस्ती करणी उद्योगको आरोपमा उनलाई पक्राउ गरी थप अनुसन्धान थालिएको प्रहरी निरीक्षक एवं सूचना अधिकारी विसीले बताए ।