इटहरी । सुनसरीमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन् ।
बुधबार (हिजो) दिउँसो सुनसरीको भोक्राहा नरसिंह गाँपालिका–६ मा प्रदेश १–०२–०४४ प ३५४० नम्बरको मोटरसाईकलले स्थानिय ४० बर्षिय बैजनाथ रिषिदेवलाई ठक्कर दिई दुर्घटना भएको थियो ।
दुर्घटनामा रिषिदेव सहित मोटरसाईकल चालक भोक्राहा–८ का २१ बर्षिय सराज आलम, पछाडि सवार २३ बर्षिय ईरसाद आलम र महपुज आलम समेत घाईते भईका थिए ।
घाइतेहरुलाई उपचारको लागि जिल्ला अस्पताल सुनसरी पुर्याईएकोमा उपचारको क्रममा रिषिदेवको मृत्यु भएको हो ।घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।