वंशिलाघाटमा बेलिब्रिज सञ्चालन

न्युजलय २६ माघ २०८२, आइतबार ११:४७ मा प्रकाशित

खोटाङ । खोटाङ र उयपुरलाई जोड्ने सुनकोशी नदीको वंशिलाघाटमा बेलिब्रिज जडान भई शनिबारदेखि सञ्चालनमा आएको छ।

पुल सञ्चालनमा आएपछि दक्षिणी खोटाङ र भोजपुरका हजारौँ बासिन्दाको दैनिक आवतजावत सहज भएको छ।

यसअघि बाढीले फोक्सिङटार पुल बगाएपछि दिक्तेलसहित दक्षिणी खोटाङका बासिन्दा उदयपुर र तराई झर्न कठिनाइमा परेका थिए।

कोशी प्रदेश सरकारले खरिद गरेको ५१.८१ मिटर लम्बाइ र ४.१ मिटर चौडाइको बेलिब्रिज ५७ लाख रुपैयाँ लागतमा जडान गरिएको हो।

पुल सञ्चालनसँगै बेलटार हुँदै धरान, इटहरी, विराटनगर र झापा आइपुग्न सहज हुने भएको छ।