सुनचाँदीको मूल्य ओरालो लाग्दै

न्युजलय १३ चैत २०८२, शुक्रबार ११:४१ मा प्रकाशित

काठमाडौं । आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट भएको छ । सुन तोलामा चार हजार ६०० ले घटेको छ भने चाँदी १५० ले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको प्रतितोला  दुई लाख ८१ हजार कायम भएको छ । 

त्यस्तै आज चाँदीको मूल्य १५० घटेर चार हजार ६७० कायम भएको छ ।