रामधुनी। सुनसरीको रामधुनी नगरपालिका –१ झुम्का बजारमा १५ शैयाको साई हस्पिटल सञ्चालनमा आएको छ ।
विभिन्न रोगको विशेषज्ञ सेवा सहित १५ शैयाको हस्पिटल रामधुनी नगरपालिकाका नगरप्रमुख सङ्करलाल चौधरीले शुक्रवार उद्घाटन गरेका हुन् ।
लामो समयदेखि साई मेडिकल हलको रूपमा सञ्चालनमा रहेको उक्त स्वास्थ्य संस्थालाई हस्पिटलको रूपमा स्तर उन्नति गरिएको हो । बिरामीहरूलाई सस्तो र सुलभ स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले साई हस्पिटलको परिकल्पना गरिएको हस्पिटलका प्रबन्ध निर्देशक दुर्गाप्रसाद फुयाँलले बताए ।
उद्घाटनको अवसरमा बोल्दै निर्देशक फुयाँलले रामधुनी नगरपालिकाले नगरमा रहेका विपन्न वर्ग छुटाउने काम गरे उक्त वर्गको लागि निःशुल्क स्वास्थ्य सेवा दिने र त्यसमा नगर सरकारले सहयोग गर्नुपर्ने बताए ।