काठमाडौं । हरर–थ्रिलर फिल्म ‘चि मुसी चिः इभन डेड डिजायर बिलिङ्गिङ’को टिजर सार्वजनिक भएको छ ।
टिजरले प्रियंका, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान जोशी, राजन खतिवडा, रविन्द्र झा र गौरव विष्टको चरित्रलाई प्रस्तुत गरेको छ ।
प्रस्तुतकर्ता अरुण चक्रवर्तीले उच्च कोटीको हरर फिल्म हेर्ने नेपाली दर्शकको चाहना यो फिल्मले पूरा गर्ने दाबी गरे । सोहीअनुसार कथा, छायांकन र सम्पादनको काम गरेको उनी बताउँछन् ।
मर्ण जेम्स र यश सैनीले संयुक्त रुपमा निर्देशन गरेका हुन् । रिञ्जु केसीसँग मिलेर चक्रवर्तीले फिल्म निर्माण गरेका हुन् । डिसेम्बर २१ मा ट्रेलर सार्वजनिक गर्ने निर्माताको तयारी छ ।