रङ्गेलीमा ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु, चार गम्भीर घाइते

न्युजलय २ बैशाख २०८०, शनिवार ०२:०६ मा प्रकाशित

 उर्लाबारी ।  रङ्गेली–४ स्थित आमतोला चोकमा शनिबार ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना सामान्य घाइते भएका छन् । घाइतेमध्ये चार जना गम्भीर छन् ।

इलाका प्रहरी कार्यालय रङ्गेलीका अनुसार ग्रामथान गाउँपालिका–५ की ६५ वर्षीया बैशाखी चौधरीको घटनास्थलमै मृत्यु भएको छ । पश्चिमीबाट रङ्गेली तर्फ आउँदै गरेको कोशी प्रदेश ०१–००१ त ९५५३ नम्बरको ट्याक्टर अनियन्त्रित हुँदा ट्याक्टर दुर्घटना भएको हो । 

ट्याक्टरमा २० जना सवार थिए । घाइते हुनेमा  ग्रामथान ५ का ६२ वर्षीय दुखिया चौधरी, २६ वर्षका अनिल माझी, टेकनारायण माझी, सुनिल चौधरी, ५० वर्षका टिकाराम माझी, ६५ वर्षका मधुराम माझी ,  २५ वर्षकी रिता कुमारी माझी, ५ वर्षीय रितेश माझी, ३५ वर्षीया रिता चौधरी छन् । 

यस्तै, ४३ वर्षीय अनुलाल माझी, ४२ वर्षीया पुरनसरी चौधरी, ३५ वर्षीया  सुनिता भगत, १० वर्षीय बिकेस भगत छन् । यसैगरी, रङ्गेलीकी २० वर्षीया जानकी कुमारी माझी, ३१ वर्षीया सुनवर्ति चौधरी, तीन वर्षीय जितनी चौधरी, तीनवर्षीय रायन चौधरी र ४० वर्षीय किन्ती चौधरी घाइते भएका छन् ।  

घाइतेमध्ये रङ्गेली अस्पतालमा चार जनाको उपचार भइरहेको छ भने १३ जनालाई उपचारका लागि बिराटनगर पठाइएको छ ।