भोक्राहा नरसिंह गाउँपालिकामा अख्तियारको छापा

न्युजलय २८ मङ्सिर २०७८, मङ्गलबार ०२:३५ मा प्रकाशित

सुनसरी। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा छापा मारी कागजात नियन्त्रणमा लिएको छ ।

खरिद र भुक्तानीमा अनियमितता गरेको आरोपमा पालिकाविरुद्ध अख्तियारमा उजुरी परेको थियो । त्यसकै आधारमा छापा मारेर कागजात नियन्त्रणमा लिएको जनाइएको छ । 

पालिकाको कागजात नियन्त्रणमा लिन र स्थलगत अनुसन्धानका लागि टंगालस्थित अख्तियारको केन्द्रीय कार्यालयबाट विशेष टोली खटिएका थिए ।

पालिकाले ५ लाखभन्दा माथिको खरिद र भुक्तानीमा अनियमितता गरेको उजुरी अख्तियारमा परेको थियो ।