मेष । कार्यक्षेत्रमा नयाँ कार्य हात लाग्नेछ। आयस्रोत बढ्नेछ। विवादास्पद कार्य सम्पादन गर्नमा सफल भइनेछ। विद्यार्थीहरूलाई पठनपाठनमा मन लाग्नेछ। आकस्मिक धनलाभ रहनेछ। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक १ रहेको छ।
वृष । मेहनत र अनुशासनले जीवनमा सफलता मिल्नेछ। आफ्नो जिम्मेवारी लाई बेवास्था गर्नुभन्दा निभाउने प्रयास गर्नुहोस्। आफन्तहरूको मध्य रमाइलो समय बित्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ७ रहेको छ।
मिथुन । नोकरी वा पेशामा मिठो बोल्ने प्रयास गर्नुहोस्। छरछिमेकीको सहयोग मिल्नेछ। व्यापार व्यवसायमा लाभ मिल्नेछ। परिवारमा सम्पत्तिलाई लिएर विवाद हुन सक्ला सावधान रहनुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ८ रहेको छ।
कर्कट । व्यापार व्यवसायमा रिसाएका मित्रहरूलाई सन्तुष्ट गर्न सकिनेछ। घर परिवारसँग घुम्ने कार्यक्रम बन्नेछ। कामलाई लिएर दौडधुप गर्नुपर्ला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।
सिंह । कार्यक्षेत्रमा योजनाबद्ध तरिकाले कार्य गर्नुहोला। महत्वपूर्ण मामलाहरूमा निर्णय लिनुभन्दा अघि जानकार वा शुभचिन्तकको सल्लाह लिनुहोस्। स्वास्थ्यमा ध्यान राख्नुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।
कन्या । वैदेशिक यात्राको लागि नयाँ अवसर मिल्नेछ। कार्यक्षेत्रमा सोचेजस्तो सफलता नमिल्ला। कला वा साहित्यको क्षेत्रमा सफलता मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ।
तुला । कानुनी मामलाहरू सुल्झिनेछन्। आफ्नो सामाजिक स्तर बढाउन सक्नुहुनेछ। साझेदारी व्यापारमा मनमुटावको सम्भावना रहेको छ। धैर्यले काम लिनुहोला। वैदेशिक रोजगारमा सफलता मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।
वृश्चिक । मनमा नकारात्मक विचार आउनेछ। संकटको समयमा मित्रहरूको सहयोग मिल्नेछ। कार्यक्षेत्रमा समयमा कार्यसम्पादन हुनाले मन प्रसन्न रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।
धनु । नौकरी वा पेशामा कार्यलाई टाल्नुभन्दा बनाउने प्रयास गर्नुहोस्। कारोबार विस्तारको योजनाहरू बन्नेछन्। प्रतिस्पर्धामा बुद्धिको उपयोगले लाभ उठाउन सकिनेछ। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ५ रहेको छ।
मकर । धेरै उदारवादी स्वभावले समस्या निम्त्याउन सक्ला। आफ्नो क्षमताप्रति विश्वास गरेर कार्यक्षेत्रमा अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। व्यापार व्यवसायमा लाभ मिल्नेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ६ रहेको छ।
कुम्भ । सहकर्मीहरूबाट सोचेजस्तो सहयोग मिल्नेछ। इष्टमित्रहरूको सहयोग गर्दागर्दै कार्यमा बिलम्ब हुनेछ। व्यापार व्यवसायको लागि गरिएको यात्राबाट लाभ मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।
मीन । प्रशासनिक वा राजकीय कार्यमा बाधा आउनेछ। आफ्नो राम्रो भविष्यको लागि कठोर निर्णयहरू लिनुपर्ने समय रहेको छ। आर्थिक पक्ष सामान्य रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।
स्रोत हाम्रोपात्रो