काठमाडौँ । अभिनेता सरोज खनालको निर्देशनमा बनेको फिल्म ‘बगान’ को ट्रेलर सार्वजनिक भएको छ।
बुधबार नेपाली वेबसाइट युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा अभिनेत्री करिश्मा मानन्धरलाई एकल महिलाको रूपमा चित्रण गरिएको छ।
फिल्ममा सरोज खनाल, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, नव अभिनेत्री प्रमिला कार्की, नीर शाह, बसुन्धरा भुषाल, मिथिला शर्मालगायत कलाकारको अभिनय छ।
स्वप्न नीरवको कथामा आधारित रहि बनेको यो फिल्मबाट अभिनेता खनाल निर्देशनमा डेब्यु गरेका हुन्नेपाली वेबसाइट डटकमको प्रस्तुती रहेको फिल्मका निर्माता सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर छन्।
फिल्म असार २९ गतेदेखि प्रदर्शन हुनेछ।