इटहरी । मोरङको सुन्दरहरैँचा–८ मा बसले मोटरसाइकललाई ठक्कर दिँदा इटहरी–८ का ५१ वर्षीय कमल कोइरालाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को ३१ प ५३९० नम्बरको मोटरसाइकललाई सोही दिशा तर्फ जाँदै गरेको बा. प्र–०३–००१–ख १६०२ नम्बरको यात्रुवाहक बसले ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको हो ।
मोटरसाइकल चिप्लिएर लडेपछि पछाडिबाट आउँदै गरेको बसले ठक्कर दिएकोबताइएको छ ।
मोरङको बेलबारी–४ स्थित कसेनी माध्यमिक विद्यालयका शिक्षक कोइराला केही वर्षअघि इटहरीमा बसोबास गर्दै आएका थिए ।