२०७९ माघ १२ गते बिहिवारको राशिफल

न्युजलय १२ माघ २०७९, बिहिबार ०७:२२ मा प्रकाशित

मेष । आज व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । सरकारी निकायको भय रहला । परिवारमा चिन्ता बढ्न सक्छ, तर विद्यामा सफलता पाइनेछ ।

 

वृष । आज लगनशीलताले गरेका कामहरू अगाडि बढ्नेछन् । सामाजिक संस्थाबाट सहयोग र पदोन्नतिको सम्भावना प्रबल रहेको छ ।

 

मिथुन । सामाजिक पद र प्रतिष्ठा कमाउने बेला छ । शुभकार्यको चर्चा चल्नेछ । परिवारमा सुख सन्तोष छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ ।

 

कर्कट । गरेको कार्यबाट नपत्याउँदो सफलता र फाइदा हुनेछ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला ।

 

सिंह । दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला । बन्न लागेको काम बिग्रनसक्छ । प्रेममा बाधाका साथै मन कमजोर रहला ।

 

कर्कट । गरेको कार्यबाट नपत्याउँदो सफलता र फाइदा हुनेछ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला ।

 

तुला । प्रेमीको सहयोग प्राप्त हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको योग छ ।

 

वृश्चिक । आज रोकिएको धन पाइएला । धर्मकर्म, परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । अतिथिको रूपमा सत्कार पाइनेछ ।

 

धनु । लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ । ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । सामान हराउने भय पनि छ ।

 

मकर । आज आफन्तसँग सहकार्यको अवसर मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । एउटै कामबाट दोहोरो लाभ पनि मिल्नेछ ।

 

कुम्भ । आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । पारिवारिक मनोरञ्जन हुने र सद्भाव बढ्नेछ । व्यापार, व्यवसायमा चैं लाभ नमिल्ला ।

 

मीन । आज सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । प्रेम र दाम्पत्य जीवन सुखमय हुनेछ । जोशजाँगर र हिम्मत पनि बढ्न सक्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।