काठमाडौं । सांगीतिक कार्यक्रमका लागि अमेरिका उडेकी गायिका आस्था राउतलाई डालस अध्यागमनले नेपाल फिर्ता पठाइदिएको छ ।
पर्यटक भिसामा सांगीतिक कार्यक्रम गर्न नपाइने कारण देखाउँदै आफूलाई अमेरिका प्रवेशमा रोक लगाइएको आस्थाले जानकारी दिइन् । डिसेम्बर १० मा आफू त्यहाँ पुग्दा अध्यागमन अधिकारीले उक्त कारण देखाउँदै रोकेको उनले बताइन् ।
पर्फमेन्स भिसा अर्थात् पीथ्रीमै पुनः अमेरिका आउन अध्यागमन अधिकारीले उनलाई भनेका छन् । आफूले सन् २०१५ मै भिजिट भिसा लिएको उनले बताइन् ।
अंग्रेजी नयाँ वर्ष २०२३ को छेकोमा पेन्सिलभेनियाको लानकास्टरमा नेपाली समुदायले आयोजना गरेको सांगीतिक कार्यक्रममा भाग लिन आस्था त्यसतर्फ जाँदै थिइन् ।
आफू कन्सर्टमा सहभागी हुन नपाएपछि आस्थाले दुःख व्यक्त गरेकी छन् ।