मेष । आज मनमा उत्साह र उमंग बढ्नेछ। आफूलाई मन पर्ने काममा समय बित्न सक्छ। सकारात्मक सोचले राम्रो अवसर ल्याउनेछ। रमाइलो भेटघाटले दिन सुखद रहनेछ। आजको शुभ रंग सुनौलो हो भने शुभ अंक १ रहेको छ।
वृष । घरको वातावरणमा ध्यान जानेछ। परिवारसँग बसेर महत्वपूर्ण कुरा हुन सक्छ। मन अलि संवेदनशील बन्न सक्छ। धैर्य राख्दा सम्बन्धमा मिठास आउनेछ। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक २ रहेको छ।
मिथुन । नयाँ कुराले जिज्ञासा बढाउन सक्छ। कुराकानीमार्फत काम बन्ने सम्भावना छ। छोटो यात्राको योग देखिन्छ। साथीभाइसँगको साथ रमाइलो रहनेछ। आजको शुभ रंग चम्किलो रातो हो भने शुभ अंक ५ रहेको छ।
कर्कट । आर्थिक पक्षमा ध्यान दिनुपर्ने दिन छ। आवश्यक काममा मात्र खर्च गर्नु राम्रो हुनेछ। परिवारको सहयोगले राहत महसुस हुनेछ। मेहनतले बिस्तारै फल दिनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ९ रहेको छ।
सिंह । चन्द्रमाको प्रभावले आत्मबल बढ्नेछ। आफ्नो कुरा निर्धक्क राख्न सकिनेछ। नयाँ काम सुरु गर्ने सोच बन्न सक्छ। व्यक्तित्वको प्रभाव राम्रो रहनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक १ रहेको छ।
कन्या । आज अलि विश्रामको आवश्यकता महसुस हुन सक्छ। धेरै सोच्दा मन थाक्न सक्छ। गोप्य योजना सबैलाई नभन्नु राम्रो हुनेछ। शान्त वातावरण लाभदायक रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।
तुला । साथीभाइसँग सहकार्य बढ्नेछ। नयाँ योजना वा अवसरको चर्चा हुन सक्छ। मनोबलमा वृद्धी हुनेछ। मन प्रसन्न रहनेछ। आजको शुभ रंग आस्मानी निलो हो भने शुभ अंक ७ रहेको छ।
वृश्चिक । काममा तपाईंको प्रभाव बढ्न सक्छ। जिम्मेवारी पूरा गर्दा प्रशंसा पाइनेछ। वरिष्ठ व्यक्तिबाट राम्रो साथ मिल्ने संकेत छ। धैर्यले सफलता दिलाउनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।
धनु । भाग्यले सबल रहनेछ। नयाँ सोच वा नयाँ कार्यतर्फ आकर्षण बढ्नेछ। व्यापार व्यवसायमा यात्राबाट लाभ हुन सक्छ। सकारात्मक सोचले काम सजिलो बनाउनेछ। आजको शुभ रंग हल्का पहेंलो हो भने शुभ अंक ८ रहेको छ।
मकर । आर्थिक निर्णयमा सावधानी आवश्यक छ। अरूको कुरामा धेरै भर नपर्नु राम्रो हुनेछ। स्वास्थ्यलाई लिएर सचेत रहनुहोस्। संयमता अपनाउँदा सफलता मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।
कुम्भ । सम्बन्धमा विश्वास बढ्ने संकेत छ। मेहनतले राम्रो उपलब्धि दिलाउन सक्छ। खुलेर कुराकानी गर्दा मन हलुका हुनेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।
मीन । दैनिक काममा व्यस्तता बढ्न सक्छ। शरीरलाई आरामको आवश्यकता महसुस हुनेछ। नियमित काममा ध्यान दिँदा फाइदा हुनेछ। मेहनतले राम्रो परिणाम ल्याउनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।
स्रोत हाम्रोपात्रो