काठमाडौं । सुनको मूल्य फेरि कीर्तिमान कायम गरेको छ।
बुधबारको तुलनामा बिहीबार सुनको मूल्य ११ सय रुपैयाँले बढ्दा चाँदी प्रतितोला २० रुपैयाँको बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार बिहीबार छापावाल सुन तोलाको १ लाख २७ हजार ९ सय रुपैयाँ हुँदा तेजाबी सुन १ लाख २७ हजार ३ सय रुपैयाँ छ।
यस्तै चाँदीको मूल्य बिहीबार तोलाको १ हजार ५१० रुपैयाँ पुगेको छ।