सुनचाँदीको मूल्य घट्यो

न्युजलय ३२ भदौ २०८२, बुधबार ०४:४१ मा प्रकाशित

काठमाडौं । बुधबार सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको हो । यससँगै बुधबार सुनको मूल्य तोलामा दुई लाख १६ हजार १०० रुपैयाँ कायम भएको छ । 

यस्तै, आज चाँदी प्रतितोला ४५ रुपैयाँले घटेको छ । यससँगै बुधबार चाँदीको मूल्य तोलामा दुई हजार ५ सय ५० रुपैयाँ कायम भएको छ ।