पल शाहविरुद्धको मुद्दामा आज फैसला हुँदै

न्युजलय ३ माघ २०७९, मङ्गलबार ०९:५८ मा प्रकाशित

काठमाडौं । बलात्कार अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका पल शाहविरुद्धको मुद्दामाथि आज तनहुँ जिल्ला अदालतमा सुनुवाइ हुँदैछ । 

बारम्बार पेसी तोकेर स्थगन हुँदै आएको मुद्दामा आज सुनुवाइको मिति तोकिएको हो ।

शाहविरुद्धको मुद्दामाथि आज सुनुवाइको मिति तोकिएको तनहुँ जिल्ला अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए । 

तनहुँ अदालतबाट आज शाहलाई सफाइ दिने वा कैद सजाय तोक्ने फैसला हुने अनुमान गरिएको छ ।