विश्वकपअन्तर्गत अन्तिम खेल भोलि नेपालले बंगलादेशसँग खेल्दै

न्युजलय २ असार २०८१, आइतबार ०७:४२ मा प्रकाशित

काठमाडौं । नेपालले जारी आसीसी टी–२० विश्वकप अन्तर्गत अन्तिम खेल भोलि बिहान बंगलादेशसँग खेल्दै छ।

सेन्ट भिसेन्टस्थित आरनोस भाले स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ५ः१५ बजेदेखि हुँदैछ। नेपाल सुपर ८ को दौडबाट भने बाहिरिएको छ।

नेपालले पहिलो खेलमा नेदरल्याण्डससँग हार बेहोरेको थियो भने दोस्रो खेल श्रीलंकासँग वर्षाले रद्ध भएको थियो। त्यस्तै, तेस्रो खेलमा दक्षिण अफ्रिकासँग एक रनले पराजित भएपछि नेपाल सुपरआठको दौडबाट बाहिरिएको थियो।