घट्यो सुनको मूल्य

न्युजलय २३ पुस २०८०, सोमबार ११:५३ मा प्रकाशित

काठमाडौँ । सोमबार(आज) सुन सात सयले घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलाको एक लाख १८ हजार ८०० मा कारोबार भइरहेको छ ।

 त्यस्तै तेजावी सुन तोलाको एक लाख १८ हजार २५० मा कारोबार भएको महासंघले जनाएको छ । 

यता, चाँदी तोलामा पाँच रुपैयाँले घटेको छ । आज चाँदी तोलामा एक हजार ४१५ मा कारोबार भइरहेको छ ।