इटहरीमा एक व्यक्ति मृत फेला

न्युजलय २३ बैशाख २०८०, शनिवार ०१:४७ मा प्रकाशित

इटहरी । इटहरी वडा नं. ४ मा एक व्यक्ति मृत फेला परेका छन् । ह्युम पाइप भित्र अन्दाजी ६० वर्षका ती पुरुष मानिस मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ । मृतकको पहिचान नभएकोसमेत उसले जनाएको छ । 

मृतकको पोष्टमार्टमका लागी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।