इटहरी । इटहरीको मुख्य चोकमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ।
मंगलवार साँझ प्रदेश १–०२–००२ ख ०५९२ नम्बरको ट्रकले ठक्कर दिँदा मोरङको सुन्दरहरैँचा नगरपालिका–४ का ४० वर्षीय कुमार श्रेष्ठको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ।
दुर्घटनापछि मृतक श्रेष्ठको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ।
ट्रक चालक तेह्रथुमका २७ वर्षीय दिलबहादुर मगरलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।