काठमाडौँ । सोमबार(आज) सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको छ ।
योसँगै आज प्रतितोला छापावाल सुन १ लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ७५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार ३७५ रुपैयाँ कायम भएको छ। आइतबार पनि चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार ३७५ रुपैयाँमा किनबेच भएको थियो ।