सुनको मुल्य अहिलेसम्मकै उच्च

न्युजलय १३ भदौ २०८२, शुक्रबार १०:५४ मा प्रकाशित

काठमाडौं । शुक्रबार (आज) सुनको मुल्य अहिलेसम्मकै उच्च भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुन तोलाको १२ सयले बढेर तोलाको २ लाख ६ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुनको मुल्य तोलाको एक लाख ९९ हजार ४ सयमा कारोबार भएको थियो ।  सुनको मुल्य पहिलो पटक दुई लाख नाधेको हो ।  

यस्तै, आज चाँदीको मूल्य पनि सामान्य बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५ रुपैयाँले बढेर २३६० रुपैयाँमा कारोबार भइरहेको छ ।