सुनको मूल्यले कायम गर्‍यो ऐतिहासिक रेकर्ड

न्युजलय १९ माघ २०७९, बिहिबार ०४:४२ मा प्रकाशित

काठमाडौं । बिहीवार(आज) सुनको मूल्यमा ऐतिहासिक रेकर्ड कायम भएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकैदिन तोलामा १ हजार २ सय रुपैयाँले बढेर सुनको भाउ अहिलेसम्मकै महँगो भएको हो।

योसँगै बिहीवार सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ५०० रुपैयाँ कायम भएको छ। बुधवार सुनको कारोबार तोलाको १ लाख ६ हजार ३०० रुपैयाँमा ‍भएको थियो। त्यस्तै, बिहीवार तेजाबी सुन १ लाख ७ हजारमा कारोबार भइरहेको छ।

आज चाँदीको मूल्य पनि बढेको छ। बिहीवार चाँदी तोलामा २५ रुपैयाँले बढेर प्रतितोला एक हजार ३ सय ९५ रुपैयाँ कायम भएको छ। बुधवार चाँदी प्रतितोला एक हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको थियो।