इटहरीमा ८ जना सहित प्रदेश १ मा ६७ जनामा कोरोना पुष्टि

न्युजलय २४ कार्तिक २०७८, बुधबार ०६:४३ मा प्रकाशित

इटहरी । इटहरीमा ८ जना सहित प्रदेश १ मा ६७ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।


४३७ जनाको पीसीआर परीक्षण गर्दा ६४ र ७२ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २७, सुनसरीमा १७, झापामा १०, इलाम र उदयपुरमा २(२, धनकुटा र भोजपुरमा १(१ र प्रदेश १ बाहिरका ४ जनामा सङ्क्रमण देखिएको हो ।

 

प्रदेश १ मा आज ५४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा २४ महिला र ३० पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।