उदयपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु

न्युजलय २३ मङ्सिर २०७८, बिहिबार १०:५९ मा प्रकाशित

उदयपुर । उदयपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको ज्यान भएको छ भने एकजना घाइते भएका छन् ।

चौदण्डिगढी नगरपालिका–६ सातधारेस्थित  स १० प ३१३३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो । बेल्टारबाट गाइघाटतर्फ आउदै गरेको मोटरसाइकल अनियन्त्रित हुँदा स्थानीय उमेश राईको मृत्यु भएको हो । 

त्यस्तै,   चौदण्डिगढी नगरपालिक–३ हात्तिसारमा सप्तरीको  फत्तेपुरबाट रामपुरतर्फ जादै गरेको प्र २–०३–००९ प ४८४१ नम्बरको   मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा लहान नगरपालिका–२२ सिरहा बस्ने ओम विकको घट्नास्थलमा नै मृत्यु भएकोमा प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय  उदयपुरका अनुसार सोही मोटरसाइकलमा सवार सप्तरी महुली बस्ने विजय घतानी घाइते भएका छन् ।