काठमाडौँ । सोमबार बिहान इन्डोनेसियामा भएको दुर्घटनामा कम्तीमा १६ जनाको मृत्यु भएको छ ।
राजधानी जकार्ताबाट योग्यकार्तातर्फ गइरहेको बस राजमार्गको इन्टरचेन्ज नजिकै अवरोधमा ठोक्किएर पल्टिँदा दुर्घटना भएको हो ।
स्थानीय खोज तथा उद्धार एजेन्सीका अनुसार उक्त बस निकै उच्च गतिमा यात्रारत अवस्थामा मोडमा पुगेको थियो । मोड पार गर्ने क्रममा बस सडकको अवरोधसँग ठोक्किएपछि अनियन्त्रित भई पल्टिएको उनले विज्ञप्तिमार्फत बताएको छ ।
‘