काठमाडौं । नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा अभिनेता सबिन श्रेष्ठले उम्मेदवारी दिने भएका छन् ।
उनले सामाजिक सञ्जालमा आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली चलचित्र र नेपाली कलाकारहरुको हक, हित, सहयोग र उन्नतिको लागि काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
उनले लेखेका छन्, ‘चैत्र ४ गते कलाकार संघक चुनावको बारे छोटकरीमा मनको कुरा पोख्दैछु बोलेर भन्दा गरेर देखाउनेछु नेपाली चलचित्र तथा नेपाली कलाकारहरुको हक, हित, साथ, सहयोग र उन्नतिको लागि रात दिन सेवामा समर्पण हुने कसम खादैछु आज उम्मेदवारी घोषणा गरे ।’
आगामी चैत ४ गते काठमाडौंमा कलाकार संघको महाधिवेशन हुँदैछ ।