भारतीय अभिनेता विवेक ओबराय नेपालमा

न्युजलय २९ मङ्सिर २०७९, बिहिबार १२:३१ मा प्रकाशित

काठमाडौं । भारतीय चलचित्रका अभिनेता विवेक ओबराय बुधबार नेपाल घुम्न यहाँ आइपुगेका छन् । उनी परिवारसहित घुम्न आएका हुन् ।

व्यवसायी पुनम यादवको निम्तोमा आएका अभिनेता ओबराय १० दिन नेपालमा रहने बताइएको छ । नेपाल बसाइँका क्रममा पशुपतिनाथ दर्शनका साथै लुम्बिनी, पोखरालगायत ठाउँ घुम्ने कार्यक्रम रहेको उनले बताए । 

अभिनेता ओबरायले प्याराग्लाइडिङ, बन्जीजम्प, धौलागिरि हिमालको अवलोकनसँगै म्याग्दीको घोरेपानी क्षेत्र घुम्ने कार्यक्रम तय भएको छ ।