इटहरीका अग्रज कम्युनिष्ट नेता विष्टको 'म र मेरो जीवनी' विमोचन

न्युजलय २१ पुस २०८२, सोमबार ०८:२५ मा प्रकाशित

इटहरी । इटहरीका अग्रज कम्युनिष्ट नेता रमेश विष्टद्वारा लिखित 'म र मेरो जीवनी' पुस्तक विमोचन गरिएको छ । इटहरीमा आयोजित पार्टी एकता सन्देश भेलामा नेकपा पार्टीका सह संयोजक पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, युवा नेता चिरन पुनलगायतले संयुक्त रुपमा पुस्तक विमोचन गरेका हुन् । 


पुस्तकमा विष्टको जीवन र विचारका विभिन्न पक्षहरु समेटिएको छ । विष्ट इटहरीका पुर्व वडाध्यक्ष र इटहरीको पहिलो पत्रिका झुत्तोका सम्पादकहरुमध्ये एक हुन् । उनी जनप्रतिनिधि हुँदा उनको नेतृत्वमा पुर्वाधार, संस्कृति, लेखनका क्षेत्रमा धेरै कामहरु भएका थिए ।


विद्यार्थी उमेरदेखि नै कम्युनिष्ट आन्दोलनमा होमिएका विष्ट नेकपा एमालेमा लामो समय सक्रिय भएका थिए भने पछि नेकपा समाजवादी गठनसँगै समाजवादीमा आबद्ध भएका थिए ।