हलेसी तुवाचुङले दियो किसानलाई माउ भैंसी उपहार

न्युजलय १३ असार २०८०, बुधबार ०७:३० मा प्रकाशित

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले ४४ जना किसानलाई माउ भैसी वितरण गरेको छ।

किसानलाई दूधमा आत्मनिर्भर बनाउँदै दूधबाट आम्दानी गराउने उद्देश्यले अनिवार्य रुपमा दुई माउ भैंसी पालिरहेका किसानलाई थप एक माउ क्रस भैंसी वितरण गरेको हो। 

किसान पहिचान गरी माउ भैंसी किन्न किसानलाई नगरपालिकाको बाहुनीडाँडा, वडहरे, मंगलटार, महादेवस्थान र सल्लेमा दुई माउ भैंसी पाल्नेलाई नै एक–एक लाख नगद दिइएको थियो । ४४ जना किसानले घरघरमा भैंसी ल्याइसकेका नगरपालिकाका पशु सेवा संयोजक सन्देश ताम्राकारले जानकारी दिए । 

ताम्राकारका अनुसार कूल ७५ लाख सर्शत बजेट अन्तर्गत ४४ जना किसानलाई भैंसी किन्न एकएक लाख र भैंसीलाई गोठ बनाउन प्रति किसान २०–२० हजार प्रदान गरिएको छ ।