विराटनगर । कोशी प्रदेशसभाअगाडीबाट कम्तिमा १४ जना आन्दोलनकारी पक्राउ परेका छन् । किराँत राज्यको माग गर्दै प्रदर्शनमा उत्रिएका उनीहरुलाई प्रहरीले देवकोटा चोकबाट पक्राउ गरेको हो ।
प्रदेशसभा घेराउ गर्ने उद्देश्यले जम्मा हुने क्रममा रहेका बेला प्रहरीले धरपकड गरेको थियो । पक्राउ पर्नेमा संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका उपाध्यक्ष थाङसाङ लावती, उपमहासचिव दिपा आङ्दाङ्वालगायत छन् । १२–१५ जना एलभी लेखिएको हेलमेट लगाएको समूहलाईसमेत पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले प्रदर्शनकारीलाई पक्राउ गर्ने क्रम जारी राखेको छ ।
गत पुस १७ गते प्रदेशको नामकरणपछि प्रदेशसभाको बैठक स्थगित गरिएको थियो । आज दिउँसो २ बजे प्रदेशसभा बैठक बस्दैछ ।