सुनको मूल्य बढ्यो

न्युजलय १७ असार २०८०, आइतबार ११:३३ मा प्रकाशित

काठमाडौं । सुनको मूल्य तोलामा ५ सय रुपैयाँ बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार(आज) सुनको मूल्य तोलाको १ लाख १० हजार १ सय रुपैयाँ निर्धारण भएको छ।

आज चाँदी तोलामा १० रुपैयाँले बढेको छ। आइतबार कारोबार मूल्य प्रतितोला १३ सय ७० रुपैयाँ भएको छ।