घट्यो सुनको मूल्य

न्युजलय ६ पुस २०७८, मङ्गलबार ११:०७ मा प्रकाशित

काठमाडौं ।  मंगलबार(आज) सुनको भाउ एकैदिन ८०० रुपैयाँले सस्तिएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत सोमबारको मूल्यमा ८०० रुपैयाँले घट्दै आज छापावाल सुन प्रतितोला ९३ हजार रुपैयाँमा झरेको हो । 

सोमबार छापावाला सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज यता तेजाबी सुनको मूल्य समेत ८०० रुपैयाँले नै सस्तिँदै ९२ हजार ५०० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले सस्तिँदै एक हजार २३५ रुपैयाँले कारोबार भइरहेको महासंघले जनाएको छ ।