ओरालो लाग्यो सुनको भाउ

न्युजलय ४ माघ २०७९, बुधबार ०५:३१ मा प्रकाशित

काठमाण्डौँ । बुधबार(आज) नेपाली बजारमा  सुनको भाउ घटेको छ। 

आज सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको हो। यो सँगै प्रतितोला छापावाल सुन १ लाख ४ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ४ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर १ हजार ३७५ रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार ३९० रुपैयाँमा किनबेच भएको थियो।