झरना थापाको ‘भागवत गीता’मा विपीन कार्की

न्युजलय ४ माघ २०७९, बुधबार ०२:२५ मा प्रकाशित

काठमाडौं । अभिनेता विपीन कार्की झरना थापाको आगामी फिल्म ‘भागवत गीता’मा जोडिने भएका छन्।

झरनाले फेसबुकमा एक पोस्टमार्फत् विपीनलाई टिम ‘भागवत गीता’मा स्वागत गरेकी छन्। यसअघि अभिनेता धीरज मगर पनि फिल्ममा अनुबन्धित भएका थिए। 

झरनाले ‘ए मेरो हजुर २’बाट डेब्यू गरेकी थिइन्। नयाँ बन्ने फिल्ममा अभिनेत्री सुहाना थापाको पनि मुख्य भूमिका रहनेछ।