इटहरी । जनता बहुमुखी क्याम्पस इटहरीको सञ्चालक समिति अध्यक्षमा विकास केसी निर्वाचित भएका छन् ।
सोमबार(आज) क्याम्पसको सभाहलमा सम्पन्न पदभार तथा सपथ ग्रहणको कार्यक्रम पछि बसेको पहिलो बैठकले केसीलाई समितिको अध्यक्षमा चयन गरेको हो ।
यही २० गते शनिबार सम्पन्न भएको क्यामपस सञ्चालक समितिको निर्वाचनमा केसीले ३५२ मत प्राप्त गरेका थिए । १३ सदस्यको लागि भएको निर्वाचनमा ७२९ मतदाता मध्ये ८३ प्रतिशत मत खसेको हो । खसेको ६०४ मत मध्ये ५९१ मत सदर भएको थियो ।
निवार्चित सदस्यहरुबाट सर्वसम्मत रुपमा अध्यक्षमा केसीलाई चयन गरिएको हो । अन्य पदाधिकारी आगामी बैठकले टुङ्गो लगाउने जनाइएको छ ।