इटहरीमा ४ जनासहित प्रदेश १ मा ५३ जनामा कोरोना सङ्क्रमण पुष्टि

न्युजलय ३० कार्तिक २०७८, मङ्गलबार ०४:४५ मा प्रकाशित

धरान । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५३ जनामा कोरोना सङ्क्रमण भएको छ । 

३९९ जनाको पीसीआर परीक्षण गर्दा ५० र १०० जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २४, मोरङमा १६, सुनसरीमा ६, पाँचथरमा २, उदयपुर र इलाममा १–१ जनामा सङ्क्रमण देखिएको हो।

इटहरीमा ४ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा आज २५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।