विराटनगर । निर्वाचन बहिष्कारको अभियानमा लागेको भन्दै प्रहरीले २ जनालाई पक्राउ गरेको छ । प्रहरीले इटहरीबाट क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका दुई जना नेतालाई पक्राउ गरेको हो ।
पार्टीका १५ नम्बर ब्युरो इन्चार्ज सिताराम बुढाथोकी र सोही ब्युरोका सचिव डिल्ली बोहोरालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय इटहरीको संयुक्त टोलीले उनीहरूलाई इटहरीस्थित पशुपति चोकबाट पक्राउ गरिएको जनाएको छ ।