काठमाण्डौ । सुनको भाउ तोलामा १५ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ तोलामा १५ सय रुपैयाँले बढेको बताएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ५०० रुपैयाँ छ ।
यस्तै, आज तेजाबी सुनको मूल्य ९२ हजार रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ ।
यसैगरी, आज चाँदीको भाउ २५ रुपैयाँले बढेर प्रतितोला १२ सय ५० रुपैयाँ कायम भएको छ ।