१५ करोड बढी रकम हिनामिना प्रकरणमा बैंकका सीईओ पक्राउ

न्युजलय १४ पुस २०७८, बुधबार ०८:०७ मा प्रकाशित

काठमाडौं । करिब १५ करोड रुपैयाँ रकम हिनामिनामा मुछिएका विराटनगरस्थित सप्तकोशी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) नविन सुवेदी पक्राउ परेका छन् । बैंकको रेमिटेन्सको १५ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा सिइओ सुवेदीलाई बुधबार साँझ मोरङ प्रहरीले पक्राउ गरेको हो ।


बैंकबाट गायब रकममध्ये अधिकांश रकम प्रमुख कार्यकारी अधिकृतकै आफन्तको खातामा जम्मा भएको पाइएपछि उनी पक्राउ परेका हुन् ।

धनकुटा प्रधान कार्यालय भएको सप्तकोशी डेभलपमेन्ट बैंकको कर्पोरेट कार्यालय विराटनगरमा छ । त्यही कर्पोरेट कार्यालयबाट रेमिट्यान्सको रकम हिनामिना भएको खुलेको थियो ।