उदयपुर । झुम्का कारागारबाट २४ भदौमा फरार भएका एक कैदी मृत फेला परेका छन् ।
कर्तव्य ज्यान मुद्दामा कैद सजाय भुक्तान गरिरहेका उदयपुरको त्रियुगा नगरपालिका–८ शाहीखोलाका ३५ वर्षीय गम्भीरबहादुर दनुवार मंगलबार मृत फेला परेको प्रहरीले जनाएको छ ।
सुनसरी जिल्ला अदालतले १३ चैत २०७७ मा कर्तव्य ज्यान मुद्दामा जन्मकैदको फैसला सुनाइएका दनुवार जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेर घर पुगेका थिए ।
दनुवार मंगलबार घर नजिकै रूखमा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कार्यालय उदयपुरले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।