२०७९ फाल्गुण १६ गते मंगलवारको राशिफल

न्युजलय १६ फाल्गुण २०७९, मङ्गलबार ०७:१५ मा प्रकाशित

मेष । स्वादिष्ट भोजन मिल्नेछ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ । साथीभाइसँग समय बित्नेछ ।

 

वृष । महत्त्वपूर्ण कामको थालनी हुनेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । समाजसेवामा मन लाग्ला । शिक्षामा सामान्य सफलता मिल्नेछ ।

 

मिथुन । आज स्वास्थ्यप्रति सजग रहन आवश्यक छ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । मनमा दुबिधा पनि उत्पन्न रहला ।

 

कर्कट । आज महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । आफन्तसँग भेटघाट पनि पाइनेछ ।

 

सिंह । स्वादिष्ट खानपिन खान पाइएला । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नयाँ व्यक्तिसँग भेटघाटको अवसर मिल्नेछ ।

 

कन्या । ठीक समयमा सही निर्णय लिन सकिनेछ । भ्रमणमा रुचि बढ्नेछ । सामाजिक कार्य अघि बढ्नेछ । कृषि कारोबारमा सफलता मिल्नेछ ।

 

तुला । आज मालसामान हराउन सक्छ । सहकर्मीबाट विरोध आउला । गलत निर्णय लिन पुगिएला । चोटपटकको भय पनि छ, सचेत रहनुहोला ।

 

वृश्चिक । राजनैतिक कार्यमा सफलता मिल्नेछ । सांगीतिक क्षेत्रमा रुचि र विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ, तर वैदेशिक क्षेत्रको काम भने अधुरै रहला ।

 

धनु । नसोचेको ठाउँबाट धनागम हुनेछ । घर परिवार सँग समय व्यतीत हुनेछ । मनोरञ्जनमा पूर्वक दिन बित्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ ।

 

मकर । आफ्नो क्षेत्रमा नयाँ योजना बनाउन सकिनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्ने र स्वादिष्ट भोजन मिल्नेछ ।

 

कुम्भ । प्रेममा मनमुटाव आउनेछ । आफ्नो विचार विपरित निर्णय हुनेछ । गरेका काममा ढिलासुस्ती हुनेछ । साझेदारीको काममा उल्झन आउनेछ ।

 

मीन । आज व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्ने र नयाँ योजना बन्नेछ । शुभकार्यको चर्चा चल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।