सुन र चाँदीको मूल्य बढ्यो

न्युजलय २७ फाल्गुण २०७८, शुक्रबार ०५:०० मा प्रकाशित

काठमाडौँ । सुनको मूल्य शुक्रबार(आज) तोलामा ६ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ आज तोलामा एक लाख दुई हजार ६ सय रुपैयाँले कारोबार भइरहेको छ ।

आज तेजावी सुनको भाउ तोलाको एक लाख दुई हजार एक सय रुपैयाँ निर्धारण भएको छ ।

आज चाँदीको भाउ पनि तोलमा १० रुपैयाँले बढेको छ । बिहीबार एक हजार चार सय पाँच रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार एक हजार चार सय १५ रुपैयाँ निर्धारण भएको महास‌ंघले जनाएको छ ।